काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ( इक्यान ) को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका शेषराज भट्टराई निर्वाचित हुनु भएको छ । शनिबार काठमाण्डौमा सम्पन्न साधारणसभाले भट्टराईलाई भारी मतले विजयी गराएको हो ।
शनिबार भएको निर्वाचनमा उहाँले २३८ मत पाउनु भएको थियो । उहाँका प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १४६ कृष्णहरि केसीले २१ र देविदास भट्टराईले ११ मत पाउनु भएको थियो ।
इक्यानको महासचिवमा हालका महासचिव दिपकराज भुसाल नै निर्वाचित हुनु भएको थियो । शेषराज समूहबाट निर्वाचन लडेका उहाँले २५५ मत पाउनु भएको थियो । उहाँका प्रतिस्पर्धी वासुदेव दाहालले १६० मत पाउनु भएको थियो ।
त्यस्तै, तीन जना उपाध्यक्षहरूमा एन्ड्रीयू पौडेल ( लक्ष्मण ) २२८ मत, भुवनबहादुर क्षेत्री १७२ मत र गीता शिवाकोटी १५२ मतसहित निर्वाचित हुनुभएको छ भने सचिवमा भवनाथ हुमागाई २६० मत र रत्नबहादुर भट्टराई १६८ मतसहित निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा २०८ मतसहित आशिक कार्की र सह-कोषाध्यक्षमा २१६ मतसहित विकल्पराज पोखरेल विजयी हुनुभयो ।
कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशिष रायमाझी, शशीप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिनु भएको छ ।