काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का महासचिव घनश्याम भुसालले नयाँ र स्वतन्त्र भनिएका दलहरूको हविगत पनि उही पुरानै दलको जस्तो हुने दाबी गर्नु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी पेशागत कानुन व्यवसायी संगठन वाग्मती प्रदेश भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले दलाल, पुँजीवाद विरुद्ध कसैले आवाज नउठाएकाले छिट्टै उनीहरू पनि पुराना पार्टीजस्तै बन्ने बताउनु भयो ।
‘जस्ले सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी यसतर्फ राजनैतिक मुद्दा केन्द्रित हुनुपर्नेमा उहाँको जोड थियो ।
कसैले पनि यो दलाल पुँजीवादमाथि कसैले प्रश्न उठाएका छैनन्, सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सिर्जना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरूले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्योभन्दा राम्रो रोजगारी पाउँछन् । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’
भुसालले यस्ता कुराहरू उठाउने पार्टी नेकपा एकीकृत समाजवादी मात्रै रहेको भन्दै क्रान्तिले गर्नुपर्ने काम भनेको आजको दलाल, पूँजीवादको समस्या र त्यसले सिर्जना समस्या समाधान गर्नु रहेको बताउनु भयो ।
दलाल पूँजीवाद, बिचौलिया तन्त्र माथि प्रश्न नगरिएको कानुनी, संवैधानिक व्यवस्था, त्यस्तो राजनीतिक पर्यप्न, त्यस्ता राजनीतिक अभियान दुई दिनका कुरा हुने पनि महासचिव भुसालले बताउनु भयो ।
मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । उहाँले कानून व्यवसायीहरूले समाज व्यवस्था र उपलव्धिको रूपान्तरण र जगेर्नामा लाग्नुपर्नेमा जोड दिनु भयो ।