- झलनाथ खनाल
१. मार्क्सवादको विकास - एउटा वृहत बैचारिक ‐ दार्शनिक क्रान्ति
२. मानव समाजको विकासक्रम र ऐतिहासिक भौतिकवादको विकास
३. सिंगो विश्व साम्राज्यवाद र पुँजीवादबाट समाजवाद तिरको संक्रमणको युगमा
४. नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना र नयाँ जनवादी क्रान्तिको थालनी ।
५. हाम्रो देशमा क्रान्तिका २ ऐतिहासिक चरणहरू-
- जनवादी क्रान्ति
- समाजवादी क्रान्ति
६. हाम्रो देशमा ५८ वर्ष लगाएर ०६२/ ६३ को पूँजीवादी जनवादी क्रान्ति
- पूँजीवादी जनवादी क्रान्ति सम्पन्न
- .सामाजिक क्रान्ति सम्पन्न
७. नेपालमा समाजवादी क्रान्ति र रूपान्तरणको युगको थालनी
८. पहिलो निर्वाचन र ऐतिहासिक परिबर्तनको सम्भावना
९. दुई तिहाइको बामपन्थी संसद्विघठन र प्रतिगमन
१०. हाम्रो समुहको विद्रोह र त्यसका कारणहरु
११. एमाले र हाम्रा बिचका भिन्नताहरू-
१. पार्टीभित्र मदन भण्डारी फाउन्डेसनका नाममा लामो समय देखि गुटबन्दी गरे के.पीले, तर हामी सधैं एकताबद्ध पार्टीका पक्षमा खडा भयौँ ।
२. दुई पार्टीलाई एकीकरण गरेपछि पार्टीको नाम अर्को पार्टीसँग मिल्नेगरी राख्नै हुने थिएन । त्यो नेतृत्वको दम्भ थियो । कमसेकम एउटा सांकेतिक भिन्नता राखेको भए अदालतले आधार नै पाउने थिएन ।
३. अदालतले पार्टी विभाजन गरेपछि त्यसलाई मिलाउनको सट्टा २८ फागुनमा केन्द्रीय कमिटीको नाउँमा गुटको बैठक गरेर पार्टी विभाजन गरे । तर हामी एकतावद्ध पार्टीका पक्षमा थियौ ।
४. एकीकृत पार्टीलाई अदालतको दुरुपयोग गरेर पार्टीलाई विभाजन गरी दिपावली गरेको तर हामी फेरि पनि पार्टीलाई एकताबद्ध बनाउने पक्षमा थियौं । पहल गरेको भए त्यसबेला पनि नेकपा बचाउन सकिने थियो ।
५. हामी संविधानको धारा ७६ को पक्षमा दृढ थियौं ,तर के.पी ओलीले धारा ७६ को विरोध गरेर संविधान कै विरोध गर्न पुगे ।
६. चार पटक नीति, कार्यक्रम र बजेट ल्याउँदा पनि, भूमिसुधार, कृषि क्रान्ति ,राष्ट्रिय औद्योगिकरण, शैक्षिक क्रान्ति, स्वास्थ्य क्रान्ति ,गरिबी उन्मूलन, निरक्षरता उन्मूलन जस्ता कुनैपनि सबाललाई सम्बोधन नगरेको । जबकि हामी सधैँ त्यसको वकालत गर्दै आयौ
७. जनवादी क्रान्ति सम्पन्न भएको बारे प्रष्टता छैन ।
८. नेपाली समाजको वर्तमान अवस्था प्रष्ट छैन ।
९. नेपाली समाजकै वर्तमान क्रान्तिको चरित्र प्रष्ट छैन ।
१०. नेपाली क्रान्तिको लक्ष्य समाजवाद मान्दैन जबज मान्छ ।
११. हाम्रो मार्गदर्शक सिद्धान्त जबज भन्छ ।
१२. जबजलाई नेपाली क्रान्तिको मौलिक सिद्धान्त भन्छ ।
१३. नेपाली समाजको प्रधान अन्तरबिरोध प्रष्ट छैन ।
१४. आजको प्रधान शत्रु दलाल पूजीँबाद र त्यसलाई प्रतिनिधित्व गर्ने शक्ति बारे प्रष्ट छैन । तर एमाले राप्रपा र काँग्रेस सँग गठबन्धन गर्न चाहन्छ ।
१५. संसद जतिबेला पनि विघटन गर्न सकिन्छ, भन्छ ।
१६. चितवनमा अयोध्या देख्नु सांस्कृतिक अधपतन ।
१७. ओली दुई पार्टी सिस्टमका पक्षमा छन् । हामी सबैसँग प्रतिस्पर्धा गर्दै कम्युनिष्ट पार्टीलाई स्थापित गर्न चाहन्छौ ।
१८. ओली राजतन्त्र प्रति अनुरागी छन्। अहिले पनि राप्रपा र दुर्गा प्रसाईँ सँगको साठँगाठ गर्छन, हामी प्रस्ट रुपले गणतन्त्रका पक्षमा छौ ।
१९. के.पी ओलीले पार्टीभित्र गुटबन्दीलाई वैधानिक बनाउन खोजे । तर हामी गुटबन्दीलाई अपराध पूर्ण कार्य भन्छौ र पार्टीलाई एकताबद्ध र एकीकृत बनाउनुपर्छ भन्छौ।
२०. दुई तिहाई बहुमत भएको संसद जसबाट मुलुकमा ठूलो परिवर्तन ल्याउन सकिन्थ्यो । तर त्यसलाई विघठन गर्ने कुरालाई हामी अपराध ठान्छौं तर के.पी त्यसलाई सामान्य कुरा ठान्छन्। बर्तमान संबिधान अनुरूप पनि गर्न सकिने ठान्छन ।
२१. ०७४ को चुनावको घोषणा पत्रमा दुबै पार्टीले गरेका प्रतिबद्धतालाई अस्वीकार गर्ने काम के.पी ओलीले गरे । तर हामी तिनीहरू दृढता पूर्वक लागू गर्नुपर्ने थियो भन्छौँ ।
२२. पार्टीको नेतृत्वमा मात्र सरकार चलाउन र चल्नुपर्छ भन्ने हाम्रो मार्क्सवादी नीतिलाई के.पी ले अस्वीकार गरे र प्रधानमन्त्री सर्वेसर्वा हो, उसले जे भन्छ पार्टी त्यसरी चल्नुपर्छ भने । पार्टीबाट सरकार स्वायत्त हुनुपर्छ भने ,यो बुर्जुवा दृष्टिकोण हो ।
२३. केपीले केन्द्रीय प्रशासनलाई झनझन् केन्द्रीकरण गर्ने नीति लिए र उनी त्यही धारणा राख्छन्। तर हामी कम्युनिष्ट पाटीले केन्द्रीकरण होइन, विकेन्द्रीकरण गर्नुपर्छ भन्छौ।
२४. के.पी ले देशका वामपन्थीहरूको एकता अनेक बाहनामा तोड्ने काम गरे । अनि एक बेलामा दक्षिणपन्थी भारतमुखी शक्तिहरूलाईठूलाठूला सहुलियत दिएर उनीहरूसँग साँठगाँठ गर्न पुगे । अर्को बेलामा राजावादी राप्रपासँग साँठगाँठ गरे ।अहिले नेपाली कांग्रेससँग साँठगाँठ गर्न खोज्दैछन्। यो घोर दक्षिणपन्थी भड्काउ हो। हामीले त्यस्तो गलत अडानको विरोध गर्नुपर्छ ।
२५. के.पीबिदेशीगुप्तचरहरुसँग गुप्त रुपले भेट्नु ठिक थियो भन्छन् तर हामी संस्थागत प्रक्रिया विना त्यसरी भेट्नु हुदैन भन्छौ ।
२६. के.पी वर्तमान पुँजीवादी लोकतन्त्रलाई “परिपूर्ण लोकतन्त्र” बनाउने कुरा गर्छन् हामी त्यस्तो वर्ग भन्दा माथिको लोकतन्त्रको परिकल्पना पनि गर्न सकिन्न भन्छौँ । यो भ्रम र ठगी मात्र हो । वर्गीय चरित्र बिनाको कुनै लोकतन्त्र हुँदैन । आज पुँजीवादी लोकतन्त्रबाट हामीले पुग्ने भनेको समाजवादी लोकतन्त्र मात्र हो ।
२७. हामीले लोकतन्त्रका चार ऐतिहासिक रूप मात्र हुन्छन् भन्छौँ तर उनी जबज नामको “परिपूर्ण लोकतन्त्र” कोभ्रमपूर्ण परिकल्पना गर्छन् । त्यो कँही सम्भव छैन र सम्भव भैहाले त्यो पुँजीवादी लोकतन्त्र बाहेक केही हुँदैन ।
२८. केपी ओली जनवादी र समाजवादी दुवै चरणमा जबज लागू हुन्छ र समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धा हुनुपर्छ भन्छन् । यो मार्क्सवादमा गरेको ठाडो संशोधन हो । यो संशोधनवाद हो र यो पुँजीवाद हो । हामी समाजवादमा बहुदलीय प्रतिस्पर्धा हुँदैन ,त्यहाँ प्रतिस्पर्धा गर्ने वस्तुगत आधार नै समाप्त भएको हुन्छ भन्छौँ ।
१२. जबज भनेको के हो ?
- आदिम साम्यवाद ,दास युग र सामन्तवादमा दलहरू थिएनन् ।
- पुँजीवादको उदय भएपछि १८ औ, १९ औं र २० औ शताब्दीमा आएर मात्र राजनीतिक पार्टीहरूको उदय भयो ।
- राजनीतिक पार्टीहरू पूँजीवादका उपज हुन ।
- पुँजीवादमा दुईवटा अन्तरविरोध जन्मिए ।
- पुँजीपति र श्रमिक बीचको अन्तरबिरोध
- पुँजीपतिहरूकै बीचको अन्तरबिरोध
- त्यसबाट नै बहुदलीय प्रतिस्पर्धाको जनवाद विकसित भयो।
- बहुदलीय जनवाद भनेको पुँजीवादी जनवाद हो ।
१३. के समाजवादमा बहुदलीय प्रतिस्पर्धा हुन्छ ?
- त्यहाँ प्रतिस्पर्धाको वस्तुगत आधार नै समाप्त हुन्छ ।
- चीन, भियतनाम ,सोभियत संघ, क्युबा, कोरिया ,लाओसका नेताहरूले किन बहुदलीय प्रतिस्पर्धा अपनाएनन ?
१४. हाम्रो देशमा समाजवादी क्रान्ति कसरी अघि बढाउनुपर्छ ।
- तीन हतियारहरू निर्माण गर्नुपर्छ ।
- पार्टी ,संयुक्त मोर्चा, वर्गसंघर्ष ।
१५. हाम्रो पाटीको १८ महिना-
- हामीले स्वतन्त्र क्रान्तिकारी पार्टीको रुपमा पार्टी निर्माण गर्नुपर्छ ।
- कार्यगत एकता गर्दा पनि स्वतन्त्रता र पहलकदमी गुमाउनु हुँदैन नत्र अरू पार्टीहरूको पुच्छर बनिन्छ ।
- एम .सि.सि प्रकरणमा हाम्रो स्वतन्त्र भूमिका स्थापित हुन सकेन ।
- स्थानीय चुनावमा हाम्रो स्वतन्त्र भूमिका स्थापित हुन सकेन ।
- राष्ट्रिय चुनाबमा पनि हाम्रो भूमिका स्वतन्त्रता र पहलकदमीको रहन सकेन ।
- अहिले पनि स्वतन्त्रता र पहल जोगाउनुपर्छ । अन्यथा हामी र हाम्रो पार्टी दलाल पुँजीवादकोपिछलग्गु सहयोगी मात्र बन्न पुग्छ ।
१६. आजका हाम्रा कार्यभारहरू-
१. हामीले आफ्ना कार्यदिशा ,नीति र सिद्धान्त प्रष्ट पार्नुपर्छ ।
२.सकेसम्म चाँडै राष्ट्रिय महाधिवेशन गर्नुपर्छ र पार्टीलाई संस्थागत गर्नुपर्छ ।
३. अहिले अर्को कुनै पार्टीसँग एकीकरण सम्भव छैन ।
४. प्रमुख शत्रुका विरुद्ध कार्यगत एकता वा मोर्चा बन्न सक्छ तर प्रमुख शत्रु वा प्रतिद्वन्दी सँग कार्यगत एकता सम्भवहुदैन ।
५. विगतका अनुभवहरूको मसिनु गरी समीक्षा गर्नुपर्छ, निर्वाचनको राम्रो समीक्षा गर्नुपर्छ ।
६. हामीले हाम्रा सबै तहका कमिटीहरूलाई सक्रिय र गतिशील बनाऔ ।
७. पार्टीलाई वर्गभित्र लैजाऔँ । वर्ग विश्लेषण गरौँ । शहरी क्षेत्रको बर्ग विश्लेषण गरौँ ।
८. पार्टीका वरिपरि विभिन्न वर्गीय सङ्गठनहरूको सञ्जाल विस्तार गरौँ ।
९. पार्टीलाई जिल्ला अधिवेशन तीर अघि बढाऔ ।
१०. पार्टीभित्र गलत विचारका विरुद्ध बैचारिक रुपान्तरणको कामलाई गहिरो बनाऔ ।
- पदबाद, कुर्सीबाद,लाभवाद
- जातिवाद, सम्प्रदायबाद,ब्यतिmबाद
- पार्टीको कार्यशैलीमा सुधार गरौ ।
११. हामीले सास्कृतिक अधपतन र सांस्कृतिक खरिद बिक्रीका विरुद्ध सङ्घर्ष गरौँ र राष्ट्रिय जन समाजबादी संस्कृतिको बिकास गरौँ ।
१२.सबै तिर पार्टी कार्यालयहरु व्यवस्थित गरौ ।
१३.सबै वार्डहरmमा पार्टी सदस्यता र कमिटिहरm बिस्तार गरौँ ।
१४.जितेका वडाहरुमा क्रान्तिकारी संसदवादको कार्यदिशा अनुरुप नीतिगत र विकास
निर्माणका काम अघि बढाऔँ ।
१५. पाटीको आर्थिक स्थितिलाई जन आधारित भएर बलियो बनाऔ ।
- सदस्यबाट
- विशेष योगदान
- व्यवसायीहरुबाट
- जनप्रतिनिधिबाट
१६. दलाल पूँजीवादको शोषण कसरी फैलिदै छ । त्यसको अनुसन्धान,अध्ययन र बिश्लेषण गदैँ व्यापक विरोध र भण्डाफोर गरौं ।
१७. हामीले दक्षिणपन्थी औसरबादका विरुद्धको वैचारिक संघर्षलाई व्यापक बनाउनुपर्छ । एमाले कार्यकर्ताहरmसँग नीतिगत रmपमा ब्यापक बहस सृजना गरौँ ।
१८. हामीले जनता र राष्ट्रका सरोकारका विषयहरु,जनता माथि भइरहेका शोषण र उत्पीडनको बिरmद्ध, भ्रष्टाचारका विरुद्ध, सीमा समस्या, विकासका आवश्यकता आदिका विषयमा विरोध प्रदर्शनहरु गर्ने, आलोचनाहरू गर्ने र वर्ग संघर्षलाई विकास गर्ने काम गरौँ ।
१९. पार्टीको विकासका निम्ति वैचारिक संघर्ष र समाजको वा क्रान्तिको विकासका निम्ति वर्गसंघर्ष नै मुख्य कडी हो ।
२०. नेतृत्वको नयाँ पिडि योजनाबद्ध रmपलेविकास गरौ ।
२१. सम्भव हुने सबै कम्युनिष्टहरूलाई सहि कार्यदिशा र नीतिका आधारमा पार्टीमा एकताबद्ध बनाउँदै जाऔं ।
२२. पार्टी र जन संगठनहरुलाई महानगरपालिकाका ३२ वटै वडाहरु र सबै गाउँ तथा टोलहरुमा पुर्याऔँ ।
२३. पार्टीलाई सिङ्गो जिल्लाको निर्णायक नेतृत्व केन्द्रका रुपमा स्थापित गरौँ ।
२४. आगामी ५ वर्षमा काठमाण्डौँ महानगर कमिटिलाई समाजवादी शक्ति किल्लाका रुपमा रुपान्तरित गर्ने लक्ष्यका साथ सम्पूर्ण जनतालाई गोलबन्द गर्दै अघि बढौं ।
( २०७९ चैत्र २५ गते सम्मानित नेता खनालले काठमाण्डौँ महानगर कमिटिकोअगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा राख्नुभएका टिपोटहरु )