झापा । नेकपा ( एकीकृत समाजवादी ) झापाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
जिल्ला पार्टी स्कुल विभागको आयोजनामा शनिबार सम्पन्न दुई दिवसीय अगुवा प्रशिक्षण कार्यक्रमको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलन विचार, संगठन, संघर्ष र आन्दोलनको समायोजनले मात्र अगाडि बढ्ने बताउँदै यसका लागि पुराना पुस्ताको अनुभव र नयाँ पुस्तको ज्ञानको संयोजन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्ला अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको पहिलो दिन शुक्रबार अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय परिस्थिति र हाम्रो भूमिका, पार्टी उपाध्यक्ष एवं कोशी प्रदेश इन्चार्ज, धनेन्द्र बस्नेतले बदलिदोविश्वव्यवस्था, कम्युनिस्ट आचरण र नैतिकता, पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी निर्माणको नयाँ दिशा, उपमहासचिव र कोशी प्रदेश कार्यवाहक अध्यक्ष एवं प्रदेश स्कुल विभाग प्रमुख धर्म निरौलाले संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान विषयमा प्रशिक्षण दिनुभयो ।
प्रशिक्षण कार्यक्रमको दोस्रो दिन शनिबार पार्टीका सम्मानित नेता झलनाथ खनालले हाम्रो मार्गदर्शक सिद्धान्त र तत्कालीन कार्यभारहरू, महासचिव घनश्याम भुसालले सामाजिक आर्थिक रूपान्तरणका लागि समाजवादी कार्यदिशा, पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय स्कुल विभाग सचिव अशेष घिमिरेलेसमकालीनपुँजीवाद र समाजवादी संघर्ष विषयमा प्रशिक्षण दिनु भएको स्कुल विभागका सचिव घिमिरेले जानकारी दिनुभयो ।
१ सय ३५ जना अगुवा कार्यकर्ता सहभागि प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य पुष्पराज पोखरेल ,शारदा शर्मा र नीलमणि बराललगायतले अगुवा प्रशिक्षण कार्यक्रमले पार्टी निर्माण उर्जा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रशिक्षणको उदघाटन कार्यक्रममा नेकपा ( एकीकृत समाजवादी ) मा प्रबेश गर्नभएका युवा नेता डम्बर गिरी, मिना राजवंशी लगायतलाई पार्टी अध्यक्ष नेपालले स्वागत गर्नुभएको झापा पार्टी स्कुल विभाग भास्कर घिमिरेले जानकारी दिनुभयो ।