काठमाडौँ । युवा संघ नेपालले एकीकृत समाजवादीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपाल काठमाडौँले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ ।
बुधबार भएको सम्मान कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले हामीले थ्रेसहोल्ड पार गरेको भए कसैले हवाईजहाज दिन्थ्यो, रकम दिन्थ्यो भन्ने प्रश्न गर्नुभएको थियो ।
अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो ‘जनताको मत र समर्थन हुँदाहुँदै पनि बाकसमा मत खसाल्न सकिएन र थ्रेसहोल्ड पार भएन,’ , ‘हाम्रा नेता कार्यकर्ता जसरी खट्नुपर्थ्यो त्यसरी भएन।’
थ्रेसहोल्ड पार गर्न नसके पनि केही नहुने भन्दै अध्यक्ष नेपालले ‘थ्रेसहोल्ड पार गरेको भए हामीलाई एउटा हेलिकप्टर वा हवाईजहाज दिन्थ्यो कि केही दिनेवाला थिएन। कुनै पार्टी अफिस दिन्थ्यो कि, कुनै रकम दिन्थ्यो कि केही दिन्थेन ,’ ‘कतिपय देशमा सिटका आधारमा सरकारले पैसा दिने व्यवस्था छ। तर यहाँ केही फरक पर्नेवाला नभएको बताउनु भयो ।’ अध्यक्ष नेपालले भन्नुभयोराष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहेको छ ।’
अध्यक्ष नेपालले भन्नुभयो , ‘हामी अगाडि सरेर बोल्न के हतार हामीलाई के बित्दो छ र ? २६ गते विश्वासको मत लिने हो । त्यतिन्जेल सस्पेन्समै रहोस् । त्यही दिन थाहा हुन्छ ।’
अहिले राजनीतिक अवस्था प्रष्ट नभएकाले आफूहरुले निर्णय गर्न हतार नगरेको भन्दै अध्यक्ष नेपालले भन्नुभयो , ‘पोलिटिकल सिनारियो क्लियर हुनु पर्यो नि, सरकारले कस्तो नीति लिन्छ भन्ने हेर्नै पाएको छैन । प्रचण्डजीको अनुहार हेरेर समर्थन गरिदिने भनिदिउँला, तर अनुहारले मात्र हुँदैन, ।’