कलैया । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का नेता तथा प्रतिनिधिसभाका लागि बारा-४ बाट बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डामा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिनुभएको छ ।
नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरूलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता व्यक्त गर्दै सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्की सडकको रुपमा विस्तार गरिने आफ्नो प्रतिबद्धतामा जनाउनु भएको छ ।
अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता सहित प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने बताईएको छ ।
नेता श्रेष्ठले विश्रामपुर-इटियाही-प्रसौनी- खुटवा- बुनियाद- इनर्वासिरा- महेन्द्र लोकमार्ग सम्म सडक सञ्जाल निर्माण गरिने , छतवा-वतरा-फुलवरिया-फेटा-भर्वलिया- भलुही-बंजरिया-हरपुर इनर्वासिरा हुँदै महेन्द्र लोकमार्गमा जोडिने ,
राष्ट्रिय गौरवका योजनाहरु काठमाडौं–मधेस फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न गर्ने तथा विरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई बिशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने ,पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा बिकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने पनि उल्लेख गर्नुभएको छ ।
औधौगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिवद्धता पनि जनाउनु भएको छ ।