उदयपुर । बाम लोकतान्त्रिक गठबन्धन उदयपुर २ का उम्मेदवारहरूले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेकाछन् । उदयपुर २ का बाम लोकतान्त्रिक तर्फका उम्मेदवारहरूले समग्र उदयपुरको विकासका लागि ४१ बुँदेघोषणापत्र मार्फत उदयपुर २ को विकासको खाँका सार्वजनिक गरेका छन् ।
प्रतिवद्धतापत्रमा जिल्लाको समग्र विकास निर्माण सहित शिक्षा स्वास्थ्य रोजगार कृषि पर्यटन उद्योग सहित जनजिविकाका सबालहरू उठान गरिएको छ । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवारका रुपमा तीन राजनीतिक दलका तर्फबाट संघीय निर्वाचन क्षेत्रमा नेकपा (एकीकृतसमाजवादी ) का नेता जगन्नाथ खतिवडा (कलम), उदयपुर २ (१) बाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका नेता नारायण बुर्जा मगर ( गोलाकारभित्रको हँसिया हतौडा ) र उदयपुर २ (२) बाट नेपाली कांग्रेसका नेता रामकुमार खत्री ( रुख) चुनाव चिन्ह सहितका नेताहरुले साझा प्रतिवद्धता जाहेर गरेका हुन् ।
जारी गरिएको प्रतिवद्धतापत्रमा आगामी मंसिर ४ गते नेपाली जनतालाई आगामी ५ वर्षका लागि मतदानको शक्तिद्वारा देशको भविष्य निर्धारण गर्ने अवसर आइरहेको भन्दै हाम्रो संविधानले आवधिक निर्वाचनद्वारा जनमतको परीक्षण राजनीतिक दलले विगत ५ वर्षमा गरेका कामहरुकोमूल्याङ्कन गर्ने र जनता एवं देशको भविष्यको बाटो तय गर्ने व्यवस्था गरेको भनिएको छ ।
यसकारण हामी पाँच वर्षमा एक पटक आउने यो सर्वाधिक महत्वपूर्ण दिनमा राजनीतिक दलहरुलाई जिम्मेवारी दिने र राष्ट्रले प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्न गइरहेका छौँ भनिएको छ । शासन व्यवस्था प्राप्तीका लागि काँग्रेस र कम्युनिष्ट तथा नागरिक समाज, एक ठाउँ उभिएर सामन्ती व्यवस्था विरुद्ध लडेको इतिहास साक्षी रहेको बताउँदै यी सबै राजनीतिक परिवर्तनहरू उल्ट्याउने प्रस्ताव गर्दै राजनीतिक बहस गर्ने केही शक्तिहरूसङ्गठित ढंगले गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थामा आधारित संघीयता खारेज गर्न लागि परेको उल्लेख गरेका छन् ।
प्रतिवद्धता पत्रमा यस्ता अलोकतान्त्रिक, प्रतिगमनकारी कार्यका विरुद्धमा राजनीतिक दलहरुको अग्रगमनकारी मोर्चा बनाई संविधान र संसदको रक्षा गर्न सफलता प्राप्त गर्न सक्यौँ र जसले दलहरुलाई अझ बढी एकताबद्ध भई सहकार्य गर्न प्रेरित गरेको छ । यी घटनाक्रमहरुले जनताको मनोविज्ञान परिवर्तन गरिदिएको छ । बहुमतको बलले मात्र राजनीतिक स्थायित्व आउँदैन रहेछ । लोकतान्त्रिक व्यवहारसहितको सहकार्य, कानुनको पालना एवं राजनीतिक संयम अपनाइएन भने संसद्को बहुमत पनि ढल्दो रहेछ भन्ने पुष्टि गरेको छ ।
त्यसैले अबको ५ वर्ष सहकार्य र गठबन्धनद्वारा साझा सहमतिको सरकार सञ्चालन गरी अगाडी बढ्ने राष्ट्रिय प्रतिबद्धता सहित देशको राजनीति अगाडी बढेको छ । हामी यसैको पालना गर्न प्रतिबद्ध छौँ भनिएको छ । प्रतिवद्धतापत्रमा राजनीतिक स्थिरता लोकतन्त्र र संविधानको रक्षा एवम् देशलाई समृद्ध बनाइ सहज जनजीवनको लक्ष्य लिई राजनीतिक परिवर्तनलाई संरक्षण गर्न अग्रसर बाम लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक मतले विजयी गराईदिनुहुन हार्दिक अपील गर्दछौं ।’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।
प्रतिवद्धता पत्र
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइह ,
२०७९ मंसिर ४ गते नेपाली जनतालाई आगामी ५ वर्षका लागि मतदानको शक्तिद्वारा देशको भविष्य निर्धारण गर्ने अवसर आइरहेको छ । हाम्रो संविधानले आवधिक निर्वाचनद्वारा जनमतको परीक्षण गर्ने,राजनीतिक दलले विगत ५ वर्षमा गरेका कामह?को मूल्याब्कन गर्ने र जनता एवं देशको भविष्यको बाटो तय गर्ने व्यवस्था गरेको छ । यसकारण हामी पाँच वर्षमा एक पटक आउने यो सर्वाधिक महत्वपूर्ण दिनमा राजनीतिक दलहरुलाई जिम्मेवारी दिने र राष्ट्रले प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्न गइरहेका छौँ ।
यो निर्वाचनमा हामी पाँच राजनीतिक दल (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल) चुनावी गठबन्धनगर्दै आम जनताको सामु उपस्थित भएका छौँ । देशको राजनीतिक स्थायित्व, भौतिक तथा मानवीय
विकास, सुशासन, राष्ट्रिय सुरक्षा, गठबन्धनको सरकार संचालन गर्ने प्रतिबद्धताका साथ घरदैलोमा आएका छौँ । देशभरि नै हामीले गठबन्धनद्वारा निर्वाचनमा जाने निर्णय गरिसकेका छौँ । आगामी ५ वर्ष नागरिकको सेवा, विकास र समृद्धिका लागि हाम्रो हातमा जिम्मेवारी प्रदान गर्न अनुरोध गर्दछौँ । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पनि सोही गठबन्धनका साझा उम्मेदवारका रुपमा तीन राजनीतिक दलका तर्फबाट हामीहरुलाई उम्मेदवार बनाइएको छ । संघीय निर्वाचन क्षेत्रमा नेता जगन्नाथ खतिवडा (कलम), उदयपुर २ (१) बाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका नेता नारायण बुर्जा मगर (गोलाकारभित्रको हँसिया हतौडा) र उदयपुर २ (२) बाट नेपाली काँग्रेसका नेता रामकुमार खत्री (ख) लाई अगाडी सारेका छौँ र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गर्दछौँ । हाम्रो देशको विगत ५ वर्षको राजनैतिक अवस्था निकै उथलपुथलपूर्ण रर्याे । अस्थिर र प्रतिगमनकारी गतिविधिले शान्ति र विकासलाई संकटमा धकेल्यो । दुई–दुईपटक संसद विघटनको कुप्रयास भयो । संविधानलाई मिचेर देशलाई राजनीतिक शून्यता सिर्जना गरी संकटग्रस्त बनाउने र सर्वसत्तावादी शासन चलाउने हर्कतहरु भए । संसदमा भएको बहुमतको शक्तिमा मुलुकको सुदिन आउने जनताको सपनालाई चकनाचुर पारियो र अस्थिरता बढाइयो । यस्ता अलोकतान्त्रिक, प्रतिगमनकारी कार्यका विरुद्धमा राजनीतिक दलहरुको अग्रगमनकारी मोर्चा बनाई संविधान र संसदको रक्षा गर्न सफलता प्राप्त गर्न सक्यौँ र जसले दलहरुलाई अझ बढी एकताबद्ध भई सहकार्य गर्न प्रेरित गरेको छ । यी घटनाक्रमहरुले जनताको मनोविज्ञान परिवर्तन गरिदिएको छ । बहुमतको बलले मात्र राजनीतिक स्थायीत्व आउँदैन रहेछ । लोकतान्त्रिक व्यवहारसहितको सहकार्य, कानुनको पालना एवं राजनीतिक संयम अपनाइएन भने संसदको बहुमत पनि ढल्दो रहेछ भन्ने पुष्टि गरेको छ । त्यसैले अबको ५ वर्ष सहकार्य र गठबन्धनद्वारा साझा सहमतिको सरकार सञ्चालन गरी अगाडी बढ्ने राष्ट्रिय प्रतिबद्धता सहित देशको राजनीति अगाडी बढेको छ । हामी यसैको पालना गर्न प्रतिबद्ध छौँ ।
आदरणीय मतदाता महानुभावहरु,
हामी गठबन्धनका उम्मेदवारहरु जिल्लाका विकासको लागि ५ वर्षसम्म सहकार्य गर्न प्रतिबद्ध छौँ ।
गठबन्धनको साझा भावनालाई कदर गर्दै आफूलाई विजयी बनाउने जनताको सेवालाई उच्च प्राथमिकता दिएर साझा योजना बनाई काम गर्ने अठोटमा छौँ । हामी हाम्रो उम्मेदवार र हाम्रो राजनीतिक दललाई विश्वास र भरोसा गर्नुहोस्, हामी प्रतिफल दिनेछौँ । यही सहकार्य र एकताको भावनालाई प्रतिनिधित्व गर्न हामी संघीय तथा प्रदेश सांसदका उम्मेदवारहरु संयुक्त प्रतिबद्धता–पत्र तयार गरी यहाँहरुको माझमा आएका छौँ । कृपया प्रतिनिधिसभाका सदस्यको उम्मेदवारलाई (कलम) चिन्हमा, उदयपुर २ (१) प्रदेशसभा सदस्यको उम्मेदवारलाई (गोलाकार भित्रको हँसिया हतौडा) चिन्हमा र उदयपुर २ (२) प्रदेशसभाका सदस्यको उम्मेदवारलाई (रुख) चिन्हमा मतदान गरी विजयी बनाउन र पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
हाम्रा उम्मेदवारहरुका प्रतिबद्धता यस प्रकार छन् ः
१. प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।
२. स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने ।
३. प्रत्येक पालिकाको विकास र समृद्धिको गु?योजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने ।
४. गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने ।
५. युवा रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउने ।
६. खेलकुद, कला, साहित्य, संस्कृति तथा अन्य बौद्धिक प्रतियोगिताद्वारा सक्षम जनशक्ति विकास गर्न युवालाई पे्ररित गर्ने कार्यक्रम ल्याउने ।
७. मिर्चैया–कटारी–घुर्मी सडक, कटारी–बाहुनीटार–ज?वा हुदैँ रुन्चे भञ्ज्याङ्ग, रिस्कू–देउलीकुना–कुर्कुनटार–उदयपुरगढी, नेपालटार–उदयपुरगढी–ढुंग्रे–माझखर्क, कटारी–बसेरी–मयंखु, नुनथला–रुपाटार– ठानागाउँ–बासबोटे सडक र यस्तै प्रकारका लामो दुरीका महत्वपूर्ण सडकलाई पक्की बनाउने ।
८. विकासका दृष्टिले निकै पछाडी परेको उत्तरी सीमानाका बासिन्दाको जीवनमा ठूलो परिवर्तन ल्याउने योजनाका साथ सु?वात गरिएको घुर्मी–चतरा सडक (सुनकोशी कोरिडोर) ५ वर्षभित्र सम्पन्न गर्ने ।
९. प्रत्येक पालिकाका वडाहरु जोड्ने मुख्य सडकलाई कम्तिमा १२ महिना नै चल्न सक्नेगरी स्थायी बनाउने र ग्रामीण कृषि सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्नसक्ने गरि मर्मतसम्भार गर्ने ।
१०. तिम्नाई–महेन्द्र राजमार्ग, सिस्नेरी–बन्दीपुर, भोर्ले–सर्रे (सिराहा), बगपति–मड्यान (सिराहा), नेपालटार–काभ्रेपानी–लाहान (सिराहा), नेपालटार–सान्दाने–काभ्रेपानी–तरेगाना (सिराहा), नेपालटार– धप्पर–बर्दमार सडकको निर्माण गर्ने ।
११. रौतामाईको निकासबाट सल्ले हुँदै कोशी जोड्ने सडक, निकासबाट आँपटार हुँदै कोशी जोड्ने सडक, पुवाँरे भन्ज्याङ्ग–भुट्टार–ओख्रेनी हुँदै चौकी भन्ज्याङ्ग जोड्ने सडक, तीनचोके–लाफागाँउ–कुर्लेटार सडक, जाँते–बुईखाभन्ज्याङ्ग–बलम्ता–ताँम्लीछा–बाँसबोटे सडक मर्मत तथा स्तरीकरण गर्ने ।
१२. मुर्कुची–माँझखर्क–हलेसी (खोटाङ्ग) जोड्ने सगरमाथा सडक निर्माण गर्ने । मधेश प्रदेश हुँदै कोल्टे–मैनाटार–चु?म्फा–लिम्चुबबुब सडक निर्माण गर्ने ।
१३. निर्माणाधीन सडकलाई पूर्ण गर्ने, अस्थायी सडकलाई स्थायी बनाउने र स्थानीय तहले प्राथमिकता निर्धारण गरेका आधारमा गु?योजना बनाई पूरा गर्दै जाने ।
१४. कटारी नगरपालिका वडा नं १ (बेलसोत) को टाउन प्लानिब गरी व्यवस्थित आधुनिक बजारको ?पमा विकास गर्ने ।
१५. कटारी–तित्रीबोट जोड्ने म?वाखोलामा, सोमबारे–रिस्कू जोड्ने वैद्यनाथ खोलामा, जलजले–सुघारे जोड्ने वैद्यनाथ खोलामा, अँधेरीखोला हाडेबासमा, पुवाँरे–भुट्टार जोड्ने रसुवाखोलामा, सोरुबखोला, राकुला, छापाब, लेखगाउँ–कटहरे जोड्ने यारीखोला तथा सुनकोशी नदीको गोडेलीघाटमा र सोरुब–
डिकुवा जोड्ने पक्की पुल उच्च प्राथमिकताका साथ निर्माण गर्ने । यसैगरी, निर्वाचन क्षेत्रका सबै खोलामा जनताको र विद्यालयका बालबालिकाह?को आवतजावतको समस्यालाई मध्यनजर गरी काठे पुल,झोलुङ्गे पुल, पक्की पुल, कल्भर्ट तथा कज–वेह?को निर्माण गर्ने ।
१६. स्वास्थ्य भवन, विद्यालय भवन, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक भवन, खेल मैदान, र कभर्डहलह? निर्माण गर्ने योजना बनाई काम गर्ने, साथै नेपालटार बजार र मुर्कुची बजारमा कभर्डहल बनाउन विशेष प्राथमिकता दिने ।
१७. कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गरी १०० बेडको बनाउने ।
१८. तावा, वैद्यनाथ, बहादुरा, राकुला, रसुवा, छाताब, यारी, सुनकोशी, सोरुब, पौवा, कमला, बलान खोला जस्ता ठूला खोला तथा नदीहरुमा पुल निर्माण गुरुयोजना बनाई क्रमशः समन्वय गर्दै जाने ।
१९. कटारी नगरका वडा नं २,३,४,५ लाई आधुनिक शहरको ?पमा विकास गर्न गु?योजना बनाई योजनाबद्ध कार्य गर्ने ।
२०. निर्वाचन क्षेत्र नं. २ का पालिकाका मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्रलाई व्यवस्थित बजारका रुपमा विकास गर्ने ।
२१. कटारी नगर, नेपालटार बजार, मुर्कुची बजार तथा विकास हुँदै गरेका अन्य बजारह?को ढल निकास तथा फोहोर मैला व्यवस्थापन गर्ने परियोजना ल्याउने ।
२२. जिल्लाका सबै पालिकामा पुग्न बाँकी रहेको विद्युतलाई जिल्लाभरि नै विस्तार गरी जनताका घरघरमा बिजुली बत्ती पु¥याउने ।
२३. खानेपानीको चलिरहेको योजनालाई पुरा गर्ने र खानेपानीको योजना नभएका पालिकामा खानेपानी योजना निर्माण गर्नुका साथै लिफ्ट खानेपानी योजनाको निर्माण गर्ने ।
२४. चुरे, महाभारतजस्ता पर्वतीय क्षेत्रको संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने ।
२५. चलिरहेको सिँचाई योजनालाई पूरा गर्न र सिँचाई नभएको ठाउँमा सिँचाई तथा लिफ्ट सिँचाई योजना निर्माण गर्ने ।
२६. नदी तथा पहिरो नियन्त्रण गरी जग्गा जमिन कटानबाट जनतालाई बचाउन बाढी, डुबान र कटानले समस्याग्रस्त बनाएका सुनकोसी, कमला, बलान, तावा, बैद्यनाथ, कक?, रसुवा, यारी, छांैडिया जस्ता खोला तथा नदीह?को नियन्त्रण गर्न बजेटको व्यवस्था गर्ने ।
२७. पर्यटन प्रबद्र्धन र विकास गर्न रौता पोखरी, ताप्ली पोखरी, बेतेनी, माझखर्क, उदयपुरगढी लगायतका क्षेत्रमा पूर्वाधार विकास गर्ने र लिम्चुबबुबमा निर्माणधीन एभरेष्ट भ्यु टावरको निर्माण सम्पन्न गर्ने ।
२८. यस क्षेत्रका कुन–कुन पालिकामा के–के उत्पादन भईरहेका छन् र कुन–कुन उत्पादनलाई विशेष जोड दिई पकेट तथा जोन क्षेत्र बनाई लगानी गर्न सकिन्छ भन्ने सम्भावनाको प्राविधिक नक्साब्कन
गरी लगानी केन्द्रीकृत गर्ने र उत्पादन, रोजगारी तथा आयआर्जनमा टेवा पु¥याउने ।
२९. यस क्षेत्रका विभिन्न ठाउँमा स्थापना भएका र भविष्यमा स्थापना हुन सक्ने खानी, उद्योग तथा विभिन्न संरचनाबाट हुन सक्ने प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरी कार्य गर्ने ।
३०. परेवा झरना, काभ्रेपानी, उदयपुरगढी, रौता पोखरी, ताप्ली पोखरी, एभरेष्ट भ्युटावरजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकीय सडकको निर्माण गर्ने गरी बजेटको व्यवस्था गर्ने ।
३१. महाभारत पर्वतश्रृबखलामा रहेको रौतामाई पोखरी र यसको आसपासको क्षेत्रको जलाधार संरक्षण गर्ने, पर्यटकीय विकासका लागि एक विकास समिति बनाई स्वायत्त ढंगले काम गर्ने र रौतामाईको मन्दिर एवम् अन्य पूर्वाधारको निर्माण गर्ने । यस क्षेत्रलाई विकास गर्दै विशेष पर्यटकीय क्षेत्र घोषणा गरी संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने ।
३२. वैज्ञानिक तथा व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बेरोजगारी समस्याको समाधान गर्ने ।
३३. कृषि बीमाको कार्यक्रम लागु गर्ने, साना तथा घरेलु उद्योगह? स्थापना गर्ने वातावरण सिर्जना गरी आयआर्जनको अवसर प्रदान गर्ने ।
३४. वैज्ञानिक र रोजगारमूलक शिक्षा प्रणाली लागु गर्नका लागि विशेष जोड दिने ।
३५. प्राविधिक शिक्षामा बढी जोड दिने र दक्ष जनशक्ति उत्पादन गर्ने ।
३६. कटारीमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई व्यवस्थित गर्ने । त्यसैगरि उदयश्री बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरी व्यवस्थित गर्ने ।
३७. एक पालिका एक अस्पतालको व्यवस्था गर्ने र भएका स्वास्थ्य संस्थाह?लाई सुविधायुक्त बनाउने ।
३८. ज्येष्ठ नागरिकको लागि उपचारमा सहुलियतको व्यवस्था मिलाउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।
३९. यो मुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकोले सबै जाति, भाषा, धर्म, सँस्कृतिको संरक्षण तथा संवद्र्धन र विकासमा सहयोग गर्ने ।
४०. मयंखु–बेतिनी–लिम्पाटार–माझखर्क सडक र बेतिनी–सोरु बछबिसे–रुपाटार सडक निर्माण गर्ने ।
४१. धार्मिक तथा जातीय संस्कार, परम्परा र विश्वासअनुसारका देवस्थल तथा घाटको व्यवस्था गर्ने ।
यस निर्वाचन क्षेत्र नं. २ को विकासको लागि तीनै तहको आपसी समन्वय सहयोग र सहकार्य अति जरुरी हुने हुँदा हामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनका उम्मेदवारहरु यही भावनाका साथ काम गर्न प्रतिबद्ध छौं । निर्वाचन क्षेत्र नं.२ भित्रका सबै योजनाह? हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुनेछन् । स्थानीय तहले गरेको प्राथमिकता निर्धारणलाई आधार बनाई सहकार्य गरिने छ । माथि उल्लेखित गरिएका हाम्रा प्रतिबद्धता पूरा गर्न जनताको मतदानद्वारा प्राप्त हुने ऊर्जाले मात्रै हाम्रा प्रतिबद्धता पूरा गर्ने इच्छाशक्तिलाई झन् सशक्त बनाईदिने छ । हाम्रा साझा संकल्पह? पाँच वर्षसम्म मिलेर नै पूरा गर्ने छौँ । जनताका साना या ठूला समस्या समाधान गर्न हामी सधैँ प्रयत्नशील रहने छौँ । स्थानीय सरकारसँगको व्यापक परामर्श र सहकार्यमा हाम्रा कामहरु अगाडी बढाउने छौँ । यहाँको जनमतले राजनीतिक दलह?को एकतालाई बल प्रदान गर्ने छ र स्थायी सरकार दिने छ । तसर्थ, गठबन्धनमा मतदान गर्नु देशलाई असल बाटोमा हिँडाउन योगदान गर्नु हो । कृपया हामीलाई मतदान गरी सेवा गर्ने अवसर प्रदान गरिदिनुहोस् ।
धन्यवाद ।
जगन्नाथ खतिवडा
प्रतिनिधिसभा सदस्य
पदका उम्मेदवार
उदयपुर-२
चुनाव चिन्ह कलम
नारायण बुर्जा मगर
प्रदेशसभा सदस्य पदका
उम्मेदवार
उदयपुर-२ (१)
चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौंडा
रामकुमार खत्री
प्रदेशसभा सदस्य पदका
उम्मेदवार
उदयपुर-२ (२)